HUNTING LINE

+977-023- 544420

Introduction

वैंकको छोटोे परिचय :

समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत पब्लिक कम्पनीको रुपमा २०६५ मंसिर २९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई  २०६६ साल जेष्ठ ६ गते  नेपाल राष्द्र  बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो । 

बैंकले नेपालको पूवी भेगका १० जिल्लाहरु क्रमश : झापा, मोरङ, इलाम, पा¤चथर, ताप्लेजुङ, धनकुटा, सुनसरी, सप्तरी, सिराहा र उदयपूर  आफ्नो कार्यक्षेत्र रहेकोमा हाल झापा, मोरङ, इलाम, पाचथर, सुनसरी,  ताप्लेजुङ्ग, धनकुटा र उदयपुर जिल्लामा २४ वटा शाखा कार्यालयहरु मर्फत २४८९८ विपन्न वर्गका सदस्यहरु माझ आफ्नो कारोवार संचालन गरिरहेको र आगामी दिनमा क्रमश: यस बैंकको कार्यक्षेत्रमा भएका अन्य जिल्लाहरुमा समेत कार्यक्रम विस्तार गर्दै जाने योजना रहेको छ । स्थापनाको आठौं वर्ष सम्म आई पुग्दा  यस बैंकले  आफ्नो कार्यक्षेत्रका न्यून आय भएका तथा विपन्न वर्गका महिला दिदि बहिनीहरु जो वित्तीय सेवाबाट वञ्चित छन, तिनीहरुका लागि विनाधितो अधिकतम रु ३,००,०००।– र धितोमा रु ७,००,०००।– सम्म बैंकको कर्जा नीति र ने.रा.बैंकको निर्देशिकामा ब्यवस्था भए अनुसार कर्जा प्रवाह गदै आएको छ । समाजमा अग्रणी भूमिका निर्वाह गर्ने ब्यक्तिहरु, उद्योगपति,ब्यापारी, वित्तिय क्षेत्रमा अनुभव हासिल गरेका व्यत्तिहरुको संलग्नतामा बिशेष गरेर ग्रामीण क्षेत्रमा वसोवास गर्ने बैकिङ्ग सुविधाबाट बन्चीत  विपन्न वर्गका महिला दिदिबहिनीहरुलाई सामुहिक जमानतमा  वित्तीय सेवा साथै उनीहरुमा भएको सिप र जाँगरलाई उजागर गर्न समय समयमा विभिन्न सिपमुलक तालिमहरुको आयोजना गदै आय आर्जन गर्ने कार्यमा सहभागी गराई उनीहरुको आर्थिक तथा सामाजिक स्तर माथि उठाउने मुख्य उद्देश्य लिएरको यस बैंकले निस्वार्थ र पवित्र भावनाले निरन्तर रुपमा आफ्नो सेवा प्रदान गर्दै जाने उद्देश्य लिएर नेपालको परम्परागत वैकिé प्रणालीवाट गरिव तथा विपन्नवर्गले कर्जा लिन नसक्ने परिस्थितिको अन्त्य गर्न र गरिव तथा विपन्न महिलालाई  ब्यवसायिक क्षमताका आधारमा कर्जा प्रवाह गरी आत्मनिर्भर वनाउने र उनीहरुलाई ब्यवसायिक वनाउदै दीर्घकालिन वित्तीय सेवा प्रदान गर्न स्थापना गरिएको वित्तिय संस्था हो ।

पूँजीको संरचना : यस बैंकको पुँजीको संरचना देहाय बमोजिम रहेको छ ।

अधिकृत पूँजी : रु २० करोड

जारी पूँजी   :  रु ५ करोड

चूक्ता पूँजी  ः रु ५ करोड  ( सर्वसाधारणमा समेत बाँकी रहेको ३० प्रतिशत शेयर जारी गरिसकिएको )

बैंकबाट उपलब्ध सेवाहरु :

क. समुहमा आवद्ध महिलाहरुवाट निक्षेप स्वीकार्ने   

ख. समुहमा आवद्ध महिलाहरुलाई सामुहिक जमानतमा विनाधितो वा धितोमा कर्जा प्रवाह गर्ने

ग. विप्रेषणको सेवा

घ. राहत सुविधा 

            

शेयर स्वामित्व :

यस वैंकको शेयर स्वामित्व देहाय बमोजिम रहेको छ । 

संस्थापक समुह : ७०%

सर्वसाधारण समुह : ३०%