HUNTING LINE

+977-023- 544420

समिट माइक्रोफाइनान्सले खुद नाफा ५१ प्रतिशतले बढ्दा, जगेडाकोष बन्यो लोभलाग्दो : मेरो लगानी डट कम

Published Date:16th-Feb-2017

समिट माइक्रोफाइनान्स (SMFDB)  ले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा खुद नाफामा ५०।९० प्रतिशत अर्थात ८५ लाख रुपैँयाले बढेसँगै लघुवित्तको खुद नाफा दुई करोड ५२ लाख पुगेको छ ।

लघुवित्तले यस अवधिमा ३८ करोड ७१ लाख रुपैँया निक्षेप संकलन गरि ९३ करोड ७९ लाख रुपैँयाको कर्जा लगानी गरेको छ । जसवाट पाँच करोड ७५ लाख रुपैँया खुद ब्याज आम्दानी र तीन करोड ९७ लाख रुपैँया सञ्चालन नाफा गरेको छ ।

लघुवित्तले यस अवधिमा ३८ करोड ७१ लाख रुपैँया निक्षेप संकलन गरि ९३ करोड ७९ लाख रुपैँयाको कर्जा लगानी गरेको छ । जसवाट पाँच करोड ७५ लाख रुपैँया खुद ब्याज आम्दानी र तीन करोड ९७ लाख रुपैँया सञ्चालन नाफा गरेको छ ।

कम्पनीको गतबर्षको पुस मसान्तभन्दा खुद ब्याज आम्दानी ३५।७८ प्रतिशत र सञ्चालन नाफा ५०।५६ प्रतिशतले बढेको छ । 

समिक्षा अवधिमा लधुवित्तको पूँजी सात करोड २५ लाख रुपैँया रहेको छ भने जगेडा कोषमा पनि चुक्तापूँजी जति नै सात करोड १० लाख रुपैँयाको लोभलाग्दो सञ्चिति रहेको छ । यस अवधिमा लघुवित्तले सात लाख ६८ हजार रुपैँया संभावित जोखिम कोषमा राखेको छ ।

शुन्य दशमलव ४३ प्रतिशत निष्कृय कर्जा अनुपात रहेको लघुवित्तको प्रतिशेयर आम्दानी बार्षिक ६९ रुपैंया ६९ पैसा छ भने प्रतिशेयर नेटवर्थ एक सय ८९ रुपैंया ०५ पैसा रहेको छ ।

 लघुवित्तले मूल्य आम्दानी अनुपात ७७ दशमलव १४ गुणा बढी रहेको उल्लेख गरेको छ । धितोपत्र बजारमा समिटको प्रतिकित्ता शेयर एक हजार दुई सय ३५ रुपैंयामा किनबेच भैरहेको छ ।

साभार: मेरो लगानी डट कम