Contact Us

+977-011-665573

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औ बार्षिकसाधारणसभा

Published Date:21st-Jan-2020
मेचीखवर अनलाइन । बिर्तामोड
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औ बार्षिकसाधारणसभा मंगलवार बिर्तामोडमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष तिर्थराज ढकालले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन अनुसार संस्थाको अधिकृत पुँजी ४० करोड रुपैयाँ रहेको छ । जारीपुँजी २१ करोड रहेको उक्त संस्थाको चुक्तापुँजी २१ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, सुनसरी, सप्तरी, सिरहा र उदयपुरमा गरी जम्मा ४१ बटा शाखा कार्यालय मार्फत ४० हजार ७ सय ५० विपन्न बर्गका सदस्य माझ संस्थाले आफ्नो कारोवार विस्तार गरेको जनाइएको छ । संस्थाले विपन्न बर्गका महिलाहरुलाई विनाधितो अधिकतम ५ लाख र धितोमा एकलाख रुपैयाँसम्म कर्जा प्रवाह गर्दै आएको छ ।
संस्थाले आर्थिक बर्ष २०७५/७६ मा ६ करोड १६ लाख ६३ हजार ९ सय ५७ रुपैयाँ मुनाफा आर्जन गरेको छ भने एक अर्व ५८ करोड ८ लाख ९ हजार २ सय ७० रुपैयाँ कर्जा लगानी गरेको प्रतिवेदनमा छ । संस्थाको ७४ करोड १८ लाख ४१ हजार ६ सय ४३ रुपैयाँ निक्षेप पुगेको छ ।
संस्थाले साधारणसभाको अवसरमा उत्कृट शाखा, बचतकर्ता तथा उत्कृष्ट ऋणिलाई सम्मान गरेको छ । सम्मानीत हुने उत्कृष्ट शाखामा पहिलो झापाको शरणामती, दोस्रो सुनसरीको भरौल र तेस्रो मोरङको उर्लावारी रहेका छन् । त्यस्तै बिर्तामोडका लक्ष्मी यादव उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणिमा गोलधापकी लक्ष्मीदेवी बुढाथोकी पुरस्कृत भएका छन् । एसइइमा उत्कृष्ट नतिजा ल्याउने छात्रा भद्रपुरकी पुजा श्रेष्ठ र छात्रतर्फ मोरङ विराटचोक शाखाका विवेक बस्नेत पुरस्कृत भएका छन् ।
संस्थाका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा रहेका थिए । संस्थाका कार्यकारी प्रमुख देवेन्द्रबहादुर् वस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन नायव कार्यकारी प्रमुख घनश्याम थापाले गरेका थिए ।